पोखरामा १६ औं भाइटिका महोत्सव, ६८ विदेशीले लगाए टिका (तस्बिरहरु)

पाेखरा | कात्तिक २९, २०८०

पोखरामा १६ औं भाइटिका महोत्सव, ६८ विदेशीले लगाए टिका (तस्बिरहरु)

पोखरा:   होटल संघ पोखराले पोखरामा १६ औं भाइटिका महोत्सव मनाएको छ ।
 

दिदिभाइको सम्बन्धको महत्व प्रष्ट्याउने र पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यसहित भाइटिका महोत्सव मनाएको हो । 

 

संस्थाका अध्यक्ष लक्ष्मण सुवेदीका अनुसार १५ राष्ट्रका ६८ पर्यटकले भाइटिका ग्रहण गरेका थिए । 

 

उनले अमेरिका, अष्ट्रेलिया, चीन, हल्याण्ड, जर्मनी, फ्रान्स, स्पेन, बुलगेरिया, स्पेन, स्वीटजरल्याण्ड, बेलायत, ब्राजिल लगायत देशका नागरिकहरु महोत्सवमा टिका लगाएको जानकारी दिए ।

 

 

भाइटिका र ट्रेकिङ जाने समय एउटै सिजनमा हुने भएकाले यसपटक पर्यटकको सँख्या वृद्धि भएको सुवेदीले बताए  ।

 

उनका अनुसार ति पर्यटकहरुलाई रेन्वो चिल्ड्रन होमका बालिकाहरुले टिका लगाइदिएका थिए । 

 

पर्यटकलाई उनीहरुले नेपाली परम्परा अनुसार टिका लगाएर उपहार दिएका थिए भने पर्यटकले पनि बालिकाहरुलाई उपहार स्वरुप दक्षिणा दिएका थिए । 

 

हेर्नुहोस् तस्बिर:

 

 

 

 

 

 

 

 

पोखराको फेवातालमा कार खस्दा एक युवकको मृत्यु भएको छ।   शनिबार बिहान पोखरा महानगरपालिका–६ पामेस्थित गैराकोचौतरा नजिकै कार अनियन्त्रित भई तालमा खस्दा चालकको ज्यान गएको हो।   मृत्य...

थप पढ्नुहोस्

पोखरामा जारी २५ औं आहा! रारा पोखरा गोल्डकपमा प्लानिङ ब्याइज युनाइटेड क्वाटरफाइनलमा प्रवेश गरेको छ ।   पोखरा रंगशालामा आज भएको खेलमा फ्रेन्डस् क्लबलाई ४–० को फराकिलो गोल अन्तरले हराउँदै प्लानि...

थप पढ्नुहोस्

पोखरा:   प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि म्याग्दीका स्वतन्त्र उम्मेदवार महावीर पुनले तत्कालीन सरकारबाट आफुलाई ठेस लागेका कारण चुनावमा होमिन बाध्य भएको बताएका छन् ।   पोखरामा आज (शुक्रबा...

थप पढ्नुहोस्